कांग्रेसले बोलायो आकस्मिक बैठक

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसले पार्टीको आकस्मिक बैठक बोलाएको छ।

भोटेकोशी बाढीले वितण्डा मच्चाएपछि सभापति गगन थापाले पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हुन्।



सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसारका अनुसार बैठक २ बजे सानेपामा बस्नेछ।

बाढीलगत्तै सभापति थापाले उद्धारमा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिएका थिए।